नवौं राष्ट्रिय खेलकुद : पोखरामा फेन्सिङ शुरु
पाेखरा | असोज २४, २०७९
पोखरा : पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ ।
प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् ।
विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।
तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र सेबर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भईरहेको छ । राउण्ड रोविनमा सवार्धिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रबेश गर्ने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

